back
NMB ad

नेप्से ५ दशमलव ५३ अंकले बढ्यो, यस्तो छ आजको कारोवार

Kumari bank ad

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ५३ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ९५ अंकमा कायम भएको छ ।

सोमबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। १ सय ७७ वटा कम्पनीको १४ लाख ९१ हजार कित्ता सेयर ७ हजार ३८ पटक खरिदबिक्री हुँदा ६२ करोड २३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार बैंकिङ, विकास बैंक, जलविद्युत र वित्त समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक २ सय ५६ दशमलव ५३ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १० करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, कारोबार सेयर संख्याका आधारमा भने शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ ।

सोमबार सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६७ प्रशितका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा माउन्टेन हाईड्रो नेपाल लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार १५:३५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...