back
NMB ad

आजैदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतिमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत रुपमा ८.५० प्रतिशत रहेको छ ।

यस्तै बचत तर्फ ६ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकले स्वदेशी तथा विदेशी मुद्रा बचतमा फरक-फरक ब्याजदर रहेको छ । बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ ।

बैंकको मंसिर महिनासम्म आधार दर ६.७९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.१९ प्रतिशत ब्याज लाग्ने छ ।अन्य बैंक भन्दा राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर निकै कम रहेको छ । बैंकबाट सेयर धितो कर्जा। मोर्टगेज कर्जा, सुन कर्जा, व्यक्तिगत कर्जा लिँदा १२.१९ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

यस्तै बैंकबाट हायर पर्चेज कर्जा, कर कर्जा लिँदा ११.६९ प्रतिशत ब्याज लाग्ने छ । बैंकका अनुसार गाडी कर्जा १०.७९, विद्युतीय सवारी साधन कर्जा ८.७९, शैक्षिक कर्जा १०.१९ प्रतिशत ब्याज लाग्ने छ ।

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...