back
NMB ad

तीन महिनाभित्र श्रम बैंक स्थापना गर्ने सरकारको तयारी

Kumari bank ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले ३ महिनाभित्र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री यादवले ३ महिनाभित्र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएका हुन् ।मन्त्री यादवले देशका ७ सय ७३ वटै स्थानीय तहका बेरोजगार युवाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई रोजगारदातासम्म जोड्ने पुलको विकासका लागि श्रम बैंक स्थापना गर्ने तयारी सरकारले गरेको बताए ।

‘हामी युवाहरुको इच्छाअनुसार उनीहरुलाई सीप तथा तालिममा सहभागी गराई दक्ष बनाउछौं । श्रमिकहरुको दक्षताका आधारमा उनीहरुको सम्पूर्ण तथ्यांक श्रम बैंकमा रहन्छ र आवश्यकताअनुसार श्रमिकहरु छनोट गरी रोजगारदाताहरुले लिन सक्ने छन‚’ मन्त्री यादवले भने ।

बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न श्रम बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री यादवको भनाइ छ ।

मन्त्री यादव भन्छन, ‘अदक्ष श्रमिक वैदेशिक रोजगारीमा जाँदा उनीहरु सस्तो पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य छन । श्रम बैंकमार्फत् वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई पनि सीप विकास गर्न सकिन्छ ।’

२०७६ पुस २२ गते प्रकाशित

वि.सं.२०७६ पुस २२ मंगलवार १८:०५ मा प्रकाशित

You can share this post!

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...