back
NMB ad

बालुवाटारमा सत्यनिरूपण तथा मेलमिलाप आयोगबारे छलफल

Kumari bank ad

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनको लागि सत्ता पक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता भएका व्यक्तिहरूको छानविन आयोगमा पदाधिकारी नियुक्ति र सिफारिस गर्नेबारे छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलको तर्फबाट कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरू मीनेन्द्र रिजाल, रमेश लेखक, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपाका अर्का नेता नेता खिमलाल देवकोटा उपस्थित छन ।

नेकपा र कांग्रेसका नेताहरू सातवटै प्रदेश पुगेर द्वन्द्वपीडितहरूसँग परामर्श गरेर फर्केपछि छलफल सुरु भएको हो । छलफल सकरात्मक भए विधेयकलाई संसदबाट पास गराएर सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन हुनेछ। दुवै आयोग ९ महिनादेखि पदाधिकारीविहीन छन ।

बेपत्ता आयोग २०७१ सालमा भएपछि आयोगमा करिब ६५ हजार उजुरी परेका थिए। उजुरी परे पनि उजुरीबारे कुनै छलफल र छानविन हुन सकेको थिएन ।

नेकपा र कांग्रेसबीच सहमति हुन नसक्दा द्वन्द्वपीडितहरूको नाम सिफारिससमेत हुन सकेको छैन । शुक्रबारको छलफल पछि उक्त समस्या पनि समाधान हुने बताइएकोछ ।

२०७६ माघ ०३ गते प्रकाशि

वि.सं.२०७६ माघ ३ शुक्रवार १२:०८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...