back
NMB ad

एनएमबि लघुवित्तको नाफा ४ करोड ९० लाख

Kumari bank ad

काठमाडौं । चालू आवको दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा एनएमबि लघुवित्त वित्तीय संस्थाले रू. ४ करोड ९० लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३७५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ करोड ३ लाख नाफा कमाएको थियो ।

चालू आवको पुस मसान्त सम्ममा कम्पनीले रू. २ करोड ८४ लाख खराब कर्जा उठाउन कम्पनीले व्यवस्थापन सफल भएकाले र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

कम्पनीको चुक्तापूँजी ३० प्रतिशतले बढेर रू. २१ करोड ६ लाख पुगेको छ । रिजर्भ कोषमा रू. १७ करोड ७५ लाख छुट्याएको हो । पुस मसान्त सम्ममा कम्पनीले रू. २ अर्ब ४७ करोड सापटी लिएको छ । सोही अवधिमा कम्पनीले रू. १ अर्ब ३१ करोड निक्षेप संकलन भएको छ भने रू. ३ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको हो ।

प्रतिशेयर आम्दानी रू. ४६ दशमलव ६०, मूल्य आम्दानी अनुपात रू. १७ दशमलव १७, तरलता अनुपात १८ दशमलव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव ५२ छ ।

पुस मसान्त सम्ममा कम्पनीले ५४ ओटा जिल्लामा १०० ओटा शाखा तथा उपशाखा कार्यालयहरु मार्फत १ लाख १ हजार ५१ विपन्न घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । दोस्रो बजारमा बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१३ मा कारोबार भएको थियो ।

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार १३:१३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...