back
NMB ad

प्रभु बैंकको बढ्यो नाफा : १ अर्ब बढीको लाभांश वितरण गर्न सक्ने, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा प्रभु बैंकको नाफा बढेको छ । ६ महिनामा प्रभुले १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा प्रभुले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकले ४ करोड रुपैयाँ मात्र नाफा बढाएको छ ।

६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ३ करोड ३० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १२ पैसा छ ।

६ महिनामा बैकले २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब १५ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ३.१२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो कर्जा २.४७ प्रतिशत थियो ।

बैंकको निक्षेप लागत ६.२९, सीसीडी ७४.७०, आधारदर ९.४५ र स्प्रेडदर ४.८३ प्रतिशत छ । सञ्चित कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ छ । बैंकले १ खर्ब १५ अर्ब ५० करोड निक्षेप परिचालन गरी ९४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

वि.सं.२०७६ माघ २१ मंगलवार ०८:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...