back
NMB ad

भोलि सार्वजनिक बिदा

Kumari bank ad

काठमाडौं । फागुन २२ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ । ‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाट सुरु हुन लागेको चौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा एक दिन नगरपालिकाभित्र स्थानीय विदा दिने निर्णय गरेको छ ।

बुधवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले सूचना निकालेर सार्वजनिक विदा दिएको जानकारी दिनुभयो ।नगरपालिका अन्तर्गत सञ्चालित कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

बागमती नगरपालिकास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको बिहीबार दिउँसो एक समारोहबीच पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम हुनेछ ।

बागमति नगरपालिकाको गौरवको विषय भएको हुनाले सार्वजनिक बिदा दिइएको मेयर भरत कुमार थापाले जानकारी दिनुभयो ।प्रतियोगिताको उदघाटन खेलमा आयोजक बागमती युवा क्लब सर्लाही र ब्वाईज युनियन क्लब काठमाडौंले प्रतिस्पर्धा गर्दैछन ।

खेलमा १२ वटा टिमको सहभागिता रहनेछ। चैत १ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले १० लाख रुपियाँ र उपबिजेताले ५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपियाँ नगद प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिनुभयो ।

वि.सं.२०७६ फागुन २१ बुधवार १८:०४ मा प्रकाशित

You can share this post!

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...