back
NMB ad

यी हुन् उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनी, कुनको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा माघसम्म उत्कृष्ट बजार पूँजीकरण हुने दश कम्पनीमध्ये ८ कम्पनी वाणिज्य बैंक रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उपलब्ध गराएको माघसम्मको विवरणअनुसार उत्कृष्ट आठमा पर्ने वाणिज्य बैंकहरूमा नबिल, एनएमबि , स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, एनआईसी एशिया, ग्लोबल, एभरेस्ट र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।

नेप्सेको वेबसाइटलाई आधार मान्ने हो भने हाल २५५ कम्पनी सूचीकृत रहेका छन् । यीमध्ये उत्कृष्ट पूँजीकरण हुने दश कम्पनीमध्ये पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ ।

१५ करोड कित्ता शेयर सूचीकृत गराएको यस कम्पनीको माघको अन्त्यसम्म बजार पूँजीकरण रू. ९२ अर्ब ८५ करोड कायम थियो । यो रकम फागुनको पछिल्लो कारोबार २२ गतेसम्म रू. ९८ अर्ब ७० करोड कायम भएको छ ।

बजारमा घट्नेबढ्ने क्रम चलिरहे पनि नेपाल दूरसञ्चार कम्पनीको बजार पूँजीकरण भने माघको तुलनामा बढेको छ । नेपाल दूरसञ्चार कम्पनीको मात्र हैन माघसम्म सर्वाधिक बजार पूँजीकरण भएका अन्य नौ कम्पनीको बजार पूँजीकरण पनि फागुन २२ गतेसम्म बढेकै देखिन्छ ।

सर्वाधिक बजार पूँजीकरण हुने दश कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स पनि एक हो । यो कम्पनीको सूचीकृत शेयर अन्य जीवन बीमा कम्पनीको तुलनामा बढी भएकोले पूँजीकरणमा बलियो बन्न सकेको हो ।

नेपाल लाइफले धितोपत्र दोस्रो बजारमा ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत गराएको छ ।  बजार पूँजीकरण कम्पनीको सूचीकृत शेयर र बजार मूल्यको आधारमा निकालिन्छ ।

सूचीकृत कम्पनीको शेयरको कुल बजार मूल्य नै त्यस कम्पनीको बजार पूँजीकरण हो।(आर्थिक अभियानबाट)

वि.सं.२०७६ फागुन २७ मंगलवार १६:२२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...