back
NMB ad

युरोपमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, इटली पछि डेनमार्कले लगायो यस्तो प्रतिबन्ध

Kumari bank ad

काठमाडौं । डेनमार्कमा हिजो बुधबार मात्रै चार सय बयालिस जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।कोरोनाको संक्रमण रोकथामका लागी भन्दै युरोपेली मुलुक डेनमार्कले आफ्ना सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने घोषणा गरेको छ । यसका साथै अन्यावश्यक काम बाहेक घरबाहिर निस्कन रोकथाम लगाउनुका साथै सार्वजनिक स्थलहरुमा सभा सम्मेलन गर्न समेत प्रतिबन्ध लगाएको छ । आफ्नै घरभित्र पनि धेरै मानिसहरु जम्मा भएर गर्ने क्रियाकलाप नगर्नका लागि सरकारले आग्रह गरेको छ ।

युरोपेली मुलकहरुमध्ये इटलीले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक इटली हो । इटलीमा मात्रै ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार १ सय ४९ जना संक्रमित छन् । युरोपमा कोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।

एक तथ्यांक अनुसार युरोपेली मुलकमा मात्र कोरोना भाइरसको संक्रमणबाट ९५१ जनाको मृत्यु भइसकेको छ भने २३ हजार ३३९ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उपायस्वरुप अमेरिकाले शुक्रबार मध्यरातिबाट लागु हुने गरी बेलायत बाहेकका सबै युरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १४:३९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...