काठमाडौं । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ४ दशमलव शून्य २ अंकले घटेको छ । १ हजार ३१२ दशमलव ६९ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको दोस्रो घण्टामा शून्य दशमलव ३१ प्रतिशत घटेर १ हजार ३०९ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक, जलविद्युत समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । दोस्रो घण्टाको कारोबारमा १७२ ओटा कम्पनीकोे रू. ८१ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ९५ मा कारोबार भइरहेको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार १२:५९ मा प्रकाशित