back
NMB ad

प्रदेश सरकारले गर्यो कोरोना नियन्त्रणका लागि यस्ता निर्णयहरु

Kumari bank ad

काठमाडौं । प्रदेश सरकारले कोरोनाको नियन्त्रणका लागि विभिन्न ठाउँमा आइसोलेशनको स्थापना, रेपिड रेष्पोन्स गठन, सूचना प्रणाली वनाउने, भारतीय गाडीको उपचार गरेर मात्र ल्याउन दिनेलगायत महत्वपूर्ण निर्णय गरेको छ ।

मुख्यमन्त्रीज्यूको अध्यक्षतामा मुख्त्रीमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि गरेका निर्णयहरु निम्न अनुसार छन् :

१. नोभेल कोरोना भाइरस नियन्त्रणका लागि देहायका स्थानमा आइसोलेसन अस्पताल निमार्ण गर्ने
क. रुपन्देहीमा
बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा,देवदह क्याम्पस
ख दाङमा
बेलझुण्डी आयुर्वेद अस्पताल
ग बाँकेमा
नेपाल प्रहरी अस्पताल र क्यान्सर रोग अस्पताल
२. माननीय सामाजिक विकासमन्त्री सुदर्शन बरालको नेतृत्वमा रेपिड रेस्पोन्स टिम गठन । सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट, भीम अस्पतालको सुपरिटेण्डेन्ट
३.आइसोलेसन तथा ट्रिटमेन्ट अस्पताल निमार्णका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टिम रहने
४.संभावित संक्रमितलाई आइसोलसेन अस्पतालमा रेफर गरी पठाएको र सम्बन्धित अस्पतालले विरामी बुझेको अभिलेख अद्यावधिक गरिराख्ने।
. कोरोना भाइरसको सूचना सम्प्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने ।
६. प्रदेशमा रहेका एम्बुलेन्सहरुको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुले तयारी अवस्थामा राख्ने । एम्बुलेन्स चलाउनका लागि थप चालक आवश्यक भए सुरक्षा निकायमा रहेका चालकहरुको विवरण तयार गरिराख्ने । सवारी चालकहरुलाई आवश्यक परामर्श गर्ने ।
७. सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुको विवरण संकलन गर्न थप जनशक्ति आवश्यक भए सम्बन्धित सुरक्षा निकायबाट व्यवस्था गरी विवरण संकलन गरी विवरण संकलन गरिराख्ने ।
८. भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक काम बाहेक नेपाल प्रवेशमा रोक लगाउने।
९. भारतबाट नेपाल भित्रिने सवारी साधनलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्र आउने व्यवस्था गर्ने ।
१०. आवश्यक सामग्रीहरुको बजारमा अभाव श्रृजना नहुने गरी बजार प्रणाली सन्तुलित बनाउन सबै जिल्लामा प्रमुख जिल्ला अधिकारहिरुको संयोजकत्वमा बजार अनुगमन समुह बनाई नियमित अनुगमन गर्ने ।
११. कोरोना भाइरस सम्बन्धी सही सूचना संप्रेषण गर्न रेपिड रेस्पोन्स टिमका एक जना सदस्यलाई सूचना संप्रषणको जिम्मेवारी तोक्ने ।
१२. सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेका मेडिकल कलेज र निजी अस्पतालसंगको समन्वय बैठक बोलाई साझा निर्णय गर्ने व्यवस्था गर्ने । कोरोना संक्रमणको नियन्त्रणका लागि साझा आचार संहिता निर्माण गरी लागु गर्ने
१३. सबै कार्यालय, आफ्नो गाउँ घर परिसरमा सरसफाई गर्ने, एकापसमा दुरी कायम गर्ने व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आमनागरिकमा सार्वजनिक सूचना प्रसारण गर्ने ।
१४. कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची सामाजिक विकास मन्त्रालयले तयार गर्ने । आफै खरिद गर्न संभव भए खरिद गर्ने नभए बजेट तगा सामग्री माग गर्ने ।
१५ . कोरोना संक्रमणको कारण कुनै क्षेत्र लकडाउन गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी जिल्लागत योजना प्रमुख जिल्ला अधिकारीले बनाइराख्ने । दुई वा बढी जिल्ला लकडाउन गर्न आवश्यक हुन सक्ने विषयलाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सो को योजना तयार गर्ने ।

वि.सं.२०७६ चैत ८ शनिवार ०७:२९ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...