back
NMB ad

अत्यावश्यक वस्तुको पसल नियमित सञ्चालन गर्न सरकारको निर्देशन

Kumari bank ad

काठमाडौं । सरकारले खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास (एलपी ग्यास)का पसल नियमित सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले यसका लागि पसलमा भीड नगर्न र सुरक्षित रही कम्तीमा १ मिटरको दूरी राखी लाइनमा बस्न समेत आग्रह गरेको छ ।

मंगलवारदेखि सुरू भएको देशव्यापी लकडाउनका कारण खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री, खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुका पसल बन्द भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता पसल नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध पानीलगायत दैनिक उपभोग्य सामग्री बोक्ने ढुवानीका सवारी सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

पसलमा काम गर्ने सबैलाई अनिवार्य मास्क लगाउन र समयसमयमा स्यानिटाइजर र साबुनपानीले हात धुन पनि सरकारले आग्रह गरेको छ । यसका लागि ढुवानीकर्ता एवं विक्रेता कम्पनीले मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामग्रीको सुविधासहित मजदूरको व्यवस्था गर्नुपर्नेछ ।

वि.सं.२०७६ चैत १२ बुधवार ०६:५४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...