back
NMB ad

चीनबाट स्वास्थ्य सामग्री बोकेर आइपुग्यो नेपाल वायुसेवाको विमान

Kumari bank ad

काठमाडौं । चीनबाट नेपालले किनेर ल्याएक अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान काठमाडौं आइपुगेको छ ।

अत्यावश्यक १२.६६ टन स्वास्थ्य सामग्री बोकेको विमान आइतवार बिहान ५ बजे नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

शनिवार दिउसो १२ बजे स्वास्थ्य सामग्री ल्याउन चीनका लागि नेपालबाट गएको वायु सेवाको एनएसी ए ३३०(२४३ विमान राती आइपुग्ने भनिए पनि लोड गर्न समय लागेका आज बिहान मात्रै आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले जानकारी दिएका छन् ।

महामारीसँग जुध्न स्वास्थ्य सामग्री र औषधीको अभाव हटाउन सरकारले १३ चैतमा चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका स्वास्थ्य उपकरण र परीक्षण किट लिन नेपाल वायुसेवा निगमको विमान ग्वान्झाओ पठाउने निर्णय गरेको थियो ।

त्यस्तै कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि चीनले सहयोग गरेको अत्यावश्यक स्वास्थ्य सामग्री सहित चिनियाँ विमान नेपाल प्रस्थान गरेको छ ।

चीन सरकार र ज्याक माले उपलब्ध गराएको स्वास्थ्य सामग्री बोकेको विमान नेपालस्थित चिनियाँ राजदूतावासको विशेष सक्रियतामा गोञ्जावबाट छुटेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

“चीनको सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेष्टमेन्ट ग्रुप र चिनियाँ दूतावसले नेपाललाई सहयोग गरेको पीपीई र थर्मो्मिटरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री चिनियाँ दूतावासको सक्रिय सहकार्यमा गोञ्जावबाट नेपाल प्रस्थान गरेको छ, छिट्टै पुग्ने छ“ राजदूत यान्छीले भनेकी छन् ।

वि.सं.२०७६ चैत १६ आइतवार ०७:५८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...