back
NMB ad

बिरालोमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित भएको फेला

Kumari bank ad

एजेन्सी । बेल्जियममा एउटा बिरालो कोरोना भाइरसबाट संक्रमित भएको फेला परेको छ । कोरोनाभाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिए ।

बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।‘बिरालोमा झाडापखाला, वान्ता र श्वास प्रश्वासको समस्या देखिएको थियो । अध्ययनकर्ताले बिरोलोको दिसामा कोभिड–१९ को भाइरस फेला परेका थिए,’ प्राध्यापक स्टेभन भान गाउचले भने । बिरालो र उनका मालिकको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइएन ।

उता, विश्व स्वास्थ्य संगठनले भने कुकुर र बिरालो जस्ता घर पालुवा जनावरले कोभिड–१९ को भाइरस सारेको हालसम्म कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । भान गाउचले पनि बिरालोले मानिसलाई संक्रमण गरेको भन्दा पनि मानिसले बिरालोलाई संक्रमति गरेको बताए ।

‘यो एउटा पृथक घटना हो,’ उनले बेल्जियन पत्रिकासँग कुरा गर्दै भने, ‘जनावरबाट मानिसमा कोभिड–१९ सर्ने सम्भावना निकै न्यून छ ।’
बेल्जियमको नेसनल काउन्सिल फर एनिमल प्रोटेक्सनले पनि जनावारबाट कोभिड–१९ को जोखिम नरहेको बताएको छ ।बेल्जियममा यस भाइरसबाट ९ हजार बढी संक्रमित भएका छन् भने ३ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । स्रोत : हफिङ्टन पोष्ट

वि.सं.२०७६ चैत १६ आइतवार ०८:३८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...