back
NMB ad

नेपालमा कोरोना संक्रमण पुष्टि भएका सबै निको हुने क्रममा

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

संक्रमित उपचाररत अस्पतालका चिकित्सकले कोराना संक्रमण भएकाहरू निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । चिकित्सकले पर्याप्त सतर्कता अपनाउन भने सबैमा आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । संक्रमितमध्ये दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, दुई जनाको धौलागिरी अस्पताल र चार जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता डा. जगदीश जोशीले संक्रमितहरूको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ रहेको बताए । उनले भने, ‘संक्रमित चार जनामध्ये एक जनामा रुघाखोकी र ज्वरो आएको थियो । बाँकी तीन जनामा कुनै लक्षण देखिएको थिएन । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’

गत १० माघमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । १७ माघमा पुनः परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

१० चैतमा दोस्रो संक्रमित पुष्टि भएको थियो । दोस्रो संक्रमित ४ चैतमा कतार एयरको क्यूआर ६५२ को फ्लाइटबाट नेपाल भित्रिएकी थिइन् । काठमाडौंकी १९ वर्षीया ती युवती हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१२ चैतमा तेस्रो संक्रमित भेटिएका थिए । उनी युनाइटेड अरब इमिरेट्स (यूएई)बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन् । ६ चैतमा नेपाल फर्किएका उनी १० चैतमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्न भएका थिए । उनको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । उनी एयर अरबियाको फ्लाइट नम्बर जी ९५३७ बाट यूएईको सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए ।

संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका धनगढीका ३४ वर्षीय पुरुष चौथो संक्रमित हुन् । १४ चैतमा संक्रमणको पुष्टि भएका उनको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

बागलुङकी १९ वर्षीया युवती पाँचौं संक्रमित हुन् । १५ चैतमा संक्रमणको पुष्टि भएकी उनी कतार एयरको क्यूआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

४ चैतमा कतार एयरबाट नेपाल आएकी बागलुङकी महिलामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ पुगेको थियो । २० चैतमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो । हाल ती महिलाको धौलागिरी अस्पतालमा उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

गत २० चैतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण देखिएको थियो । चौथो संक्रमितको नाताले भाउजू पर्ने ३४ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो । भारतको उत्तराखण्डबाट नेपाल आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै, संक्रमण देखिएकामध्ये कैलालीका २१ वर्षीय पुरुष मुम्बईबाट नेपाल फर्किएका थिए । ती तीन जनाको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ ।

प्रत्येक प्रदेशमा ५ हजार कीट

कोरोना परीक्षणको दायरा फराकिलो गराएको बताउँदै आएको स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा ५ हजार कीट पु-याइएको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सवै प्रदेशमा ¥यापिड डायग्नोस्टिक टेस्टका लागि उपलब्ध गराइएको हो । स्वास्थ्य मन्त्रालयले २ हजार ८ सय ९५ जनाको कोरोना परीक्षण भएको जनाएको छ ।

देशभरका १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य कार्यालयबाट २ हजार ३ सय ८२ र उपत्यकाबाहिर ५ सय १३ जनाको नमुना परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना परीक्षणको दायरा बढाइएको बताए । हाल ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा बसेका छन् । यस्तै, उपत्यकाभित्र १८ जना र बाहिर ९९ जना आइसोलेसन वार्डमा उपचाररत छन् ।(राजधानी दैनिकबाट)

वि.सं.२०७६ चैत २८ शुक्रवार ०९:११ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...