back
NMB ad

स्वास्थ्यकर्मीलाई २ सय प्रतिशत भत्ता दिने निर्णय

Kumari bank ad

कालिकोट  । जिल्लाको रास्कोट नगरपालिकाले कोरोनाको महामारी रोकथामका लागि फिल्डमा खटिने स्वास्थ्यकर्मीलाई २ सय प्रतिशत भत्ता दिने निर्णय गरेको छ । महामारी रोकथामका लागि ज्यानै जोखिममा राखेर फिल्डमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न २ सय प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

नगरपालिका कार्यपालिकाको बैठकले आफ्नो जीवन नै जाखिममा राखेर दिन रात नागरिकको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई थप हौसला प्रदान गर्नका लागि २ सय प्रतिशत भत्ता दिने रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । नगरपालिकामा निर्माण गरिएका आइसोलेसन कक्ष, हेल्थ डेस्क, ज्वरो मापन केन्द्रमा खटिने स्वास्थ्यकर्मीलाई नियुक्त पदको सुरुको स्केलको २ सय प्रतिशत र क्वारेन्टाइन, ओपिडि र समुदायमा खटिने स्वास्थ्यकर्मीलाई नियुक्त सुरुको स्केलको १ सय प्रतिशत र अन्य स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र अन्य कर्मचारीलाई सुरुको ५० प्रतिशत भत्ता दिने नगरप्रमुख बरालले बताए । यस्तै नगरले ५० लाखको विपद् व्यवस्थापन कोष पनि स्थापना गरेको छ ।

यस्तै जिल्लाको पचालझरना गाँउपालिका र तिलागुफा नगरपालिकाले कोरोना रोकथामका लागि फिल्डमा खटिने स्वास्थ्यकर्मीको ५ लाखको जीवन बिमा गरिदिने निर्णय गरेका छन् । पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले फिल्डमा खटिने स्वास्थ्यकर्मीलाई उत्साहका साथ खटिन र सामाजिक सुरक्षा दिन बिमाको व्यवस्था गर्ने निर्णय गरिएको बताए । उनले भने, ‘हरेक वडामा स्वास्थ्यकर्मीले घर घरमा गएर उपचार गर्नेछन् । स्थ्यकर्मी फिल्डमा खटिँदा सरकार साथमा रहेको महसुस गराउनेछौँ । गाँउपालिकाको सिमानामा राखिएको हेल्थ डेक्समा खटिने स्वास्थ्यकर्मीले गाउँपालिकामा आउने सबैको स्वास्थ्य परीक्षणका साथ तथ्यांक राख्नेछन् । गाँउमा बाहिरबाट आएका व्यक्तिको निगरानी गर्ने व्यवस्था मिलाएका छौँ ।’

यस्तै जिल्लाका अन्य स्थानीय तहले पनि स्वास्थ्यकर्मी लक्षित विभिन्न कार्यक्रम ल्याएका छन् । कतिपय स्थानीय तहले कार्यपालिका बैठक बसेर ल्याउने तयारी गरेका छन् । स्थानीय सरकारले स्वास्थ्यकर्मी लक्षित सहुलियत तथा लाभका कार्यक्रम ल्याएपछि फिल्डमा खटिने स्वास्थ्यकर्मी उत्साहित छन् ।

पचालझरना गाँउपालिका स्थित बदालकोट स्वास्थ्य चौकी इन्चार्ज धर्मराज न्यौपानेले आफूहरूले ज्यानको जोखिम मोलेर सडकमा बिरामी जाँच गर्न लागिरहेका बेला गाँउपालिकाले ५ लाखको बिमा गरिदिने निर्णय गरेपछि थप उत्साह आएको बताए । उनले भने, ‘हामी सरकारले खटाएको ठाउँमा गएर सेवा दिन तयार छौँ । हाम्रो पेशा नै बिरामीको सेवा गर्ने हो । यसबाट भाग्न हामीले मिल्दैन। त्यसमा सरकारले थप हौसला प्रदान गरेकाले धन्यबाद दिन चाहान्छु ।’

वि.सं.२०७६ चैत ३० आइतवार १४:१० मा प्रकाशित

You can share this post!

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...