back
NMB ad

नेपालमा पछिल्लो पटक थप ३ जनामा फेरि देखियो कोरोना पोजेटिभ

Kumari bank ad

काठमाडौं । काभ्रे र धादिङ्गका ३ जना युवामा कोरोना भाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ ।

आज गरिएर्को यापिड डइग्नेष्टिक टेस्टमा काभ्रेको मण्डनदेउपुरका एकजना र बेथानचोक गाउँपालिकाका एकजना र धादिङ्गको ज्वालामुखि गाउँपालिकाका एकजना युवामा एन्डिबडी नतिजा पोजेटिभ देखिएको हो ।

बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवा गत चैत ८ गते भारतबाट आएका थिए । गोवाबाट सँगै आएका उनका दुई जना साथीको नतिजा भने नेगेटिभ आएको छ।

उनका परिवारको सदस्यको पनि परीक्षण भइरहेको बताइएको छ । यस्तै मण्डनदेउपुर नगरपालिकाका–२१ वर्षीय युवा चैत ७ गते दुबईबाट आएका आएका थिए ।

उनीहरु दुबै जनालाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।

धादिङ्गका युवा भने दक्षिण कोरियाबाट फागुन २७ मा घर आएका थिए । कोरियाबाट आएदेखि क्वारेण्टाइनमा बसेका उनलाई पीसीआर परिक्षणको लागि काठमाडौं पठाउने तयारी भएको बताइएको छ ।

र्यापिड डइग्नेष्टिक टेस्ट पूर्णतया भरपर्दाे नहुने भएकोले पीसीआर परिक्षण अनिवार्य हुन्छ । त्यसपछि मात्रै कोरोना संक्रमण हो या होइन भन्ने पुष्टि हुन्छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १९:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...