काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महत्वपूर्ण सूचना जारी गरेको छ । मन्त्रालयले स्थानीय तहमा अनुपस्थित प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र पुगेर हाजिर गर्न निर्देशन जारी गरेको हो ।
सरकारले लकडाउनअघि नै केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । तर केही अधिकृतहरु अहिलेसम्म हाजिर नभएकाले यस्तो निर्देशन दिएको हो ।
अहिले करिब १५ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु अनुपस्थित छन् । प्रमुख प्रशाससकीय अधिकृत नहुँदा स्थानीय तहलाई राहत वितरणमा सममन्वय गर्न र बैंक खातामा रहेको बजेट परिचालन गर्न समस्या परिरहेको छ ।
हेर्नुहोस् निर्देशन :
वि.सं.२०७७ वैशाख ५ शुक्रवार १५:४३ मा प्रकाशित