काठमाडौं । कुवेतमा रहेका थप ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार कुवेतको स्वास्थ्य मन्त्रालयले ४ जना नेपालीमा कोरोना संक्रमण देखिएको जनाएको हो ।
यससँगै कुवेतमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या १९ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कुवेतमा ४ जना नेपालीसहित ८० जना नयाँ संक्रमित भएका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण कुवेतमा मात्र हालसम्म ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कुवेतमा कोरोनाबाट १ हजार ९ सय ९५ जना संक्रमित भइसकेका छन् ।
वि.सं.२०७७ वैशाख ८ सोमवार १८:२९ मा प्रकाशित