back
NMB ad

फेरि अर्का संक्रमित पनि कोरोना जितेर घर फर्किए

Kumari bank ad

काठमाडौं । सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक स्वस्थ भएर घर फर्किएका छन्। दुबईबाट फर्केका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए ।

’उहाँका दुवै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालकै गाडीमा राखेर उहाँलाई घर पठाइएका छौं,’ प्रवक्ता जोशीले भने । चैत १४ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका उनी १६ दिनपछि घर फर्केका हुन् ।

यही अस्पतालमा उपचाररत लम्कीचुहाका २१ वर्षीय संक्रमित युवक पनि आइतबार स्वस्थ भएर घर फर्किएका थिए । धनगढीको सेती प्रादेशिक अस्पतालमा अब तीन जना कोरोना संक्रमित उपचाररत छन्।

उनीसँगै अब नेपालमा कोरोना संक्रमित ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जम्मा ४० जना संक्रमित देखिएकोमा ३५ जना अस्पतालमा उपचाररत छन् ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १८:२५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...