back
NMB ad

कोरोना फैलाएको भन्दै चीन र कम्युनिस्ट पार्टीविरुद्ध अमेरिकाले मुद्दा हाल्‍ने

Kumari bank ad

बीबीसी । अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ।

‘चिनियाँ सरकाले विश्वलाई कोभिड(१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन,’ मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने। ‘त्यो कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ,’ उनले थपे।

मुद्दामा मानिसहरूको मृत्यु, उनीहरूको दुख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ। चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

मिजुरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन्।अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ।

अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ। अमेरिकाले कोरोनाभाइरस महामारीका लागि चीनलाई दोष दिने क्रम बढिरहेको बेला यो मुद्दा दर्ता गराउने तयारी गरिएको हो।
राष्ट्रपति डोनल्ड ट्रम्पले शुरूमा चीनले कोरोनाभाइरस नियन्त्रण गर्न चालेको कदमको प्रशंसा गरेका थिए। तर अमेरिकामा सङ्क्रमण र मृत्यु ह्वात्तै बढेर दबावमा आएपछि उनले चीनतर्फ औँला उठाएका थिए।

यो वर्षको अन्त्यमा राष्ट्रपतीय निर्वाचन भएको अवस्थामा मिजुरीको मुद्दा र अन्य अमेरिकी कम्पनीहरूको मुद्दाहरू ट्रम्पको रिपब्लिकन पार्टीका लागि राजनीतिक अस्त्र हुन सक्ने विज्ञहरूले बताएका छन्।

युनिभर्सिटी अफ शिकागोस्थित अन्तर्रा्ष्ट्रिय कानुनका प्राध्यापक टम गिन्बर्गले समाचार संस्था रोयटर्सलाई भने, ‘अमेरिकी सरकारको आफ्ना गल्तीलाई ढाकछोप गर्न धेरै राजनीतिक मानिसहरूले चीनतर्फ इङ्गित गरेको देखिरहेका छौँ।’

वि.सं.२०७७ वैशाख १० बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...