back
NMB ad

१३ जिल्लाका सिडिओसँग बागमती प्रदेश सरकारको छलफल

Kumari bank ad

काठमाडौं । कोभिड– १९ भाइरसको संक्रमण र पछिल्लो समय बागमती प्रदेशका जिल्लाहरूमा पारेको प्रभावबारे प्रदेश सरकारले १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल कन्फ्रेन्स’ गरेको छ ।

बिहीबार मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल र मन्त्रालयका सचिव विनोद सिंहले १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको पछिल्लो वस्तुस्थितिबारेमा जानकारी लिन छलफल गरेका हुन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेलका अनुसार समग्रमा तीन महिनाका लागि खाद्यान्न भण्डारण रहेको, गुणस्तरीय स्वास्थ्य सामग्री, मल र बिउको अभाव रहेको, काठमाडौंबाट जिल्लामा जानेको चाप बढेको, संक्रमणको चुनौती रहेको, नेपाल प्रहरीको दरबन्दी थोरै रहेको, आयोजना सञ्चालन गर्न प्रस्ट निर्देशन नआएको, क्वारेन्टाइन र आइसोलेसनमा बिरामीको चाप नरहेको, काठमाडौंबाट फर्केका मजदुरको सहजीकरण गरिएको, रासन वितरण भइरहेको सिडिओहरूले प्रदेश सरकारलाई जानकारी गराएका छन् ।

प्रदेश सरकारबाट जिल्ला विपत् व्यवस्थापन समितिका लागि पठाइएको रकम खर्च गर्न प्रस्ट कार्य्विधि नभएकाले अप्ठ्यारो परेको सिडिओहरूले गुनासो गरेका छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म भएको छलफलमा मुख्यमन्त्री पौडेलले सिडिओहरूबाट राखिएका समस्या सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार २१:०८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...