back
NMB ad

कोरोना भाइरसविरुद्ध खोप परीक्षण : सहभागीले १ लाख पाउने !

Kumari bank ad

एजेन्सी । बेलायतमा कोरोना भाइरस विरुद्ध विकास गर्न लागिएको खोपको मानिसमा परीक्षण शुरु भएको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले परीक्षण शुरु गरेको हो ।

परीक्षण शुरु गर्न लागेको संस्थाले भाग लिन इच्छुक स्वयंसेवकका लागि आह्वान गरेको छ । यसरी भाग लिने स्वयंसेवकलाई पैसा दिइनेछ । स्काइ न्युजका अनुसार यसरी परीक्षणमा सहभागी हुनेले ६२५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ १ लाख सम्म पाउन सक्ने छन् ।

बेलायत सरकारले अक्सफोर्ड विश्वविद्यालय र इम्पेरियल कलेज लण्डनलाई खोपको विकासका लागि २० मिलियनर २० मिलियन पाउण्ड बजेट दिएको छ ।  ती दुईमध्ये अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको मानवमा परीक्षण बिहीबार शुरु भएको हो ।

ChAdOx1 nCoV-19 नाम दिइएको खोप चिम्पाज्नीमा रहेको भाइरसबाट तयार गरिएको हो । अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर सेरा गिल्वर्ट भन्छिन् ‘मे महिनाको बीच सम्ममा करिब ५०० मानिसमा यो खोप परीक्षण गरिने छ ।’

परीक्षणमा १८ देखि ५५ वर्षसम्मका राम्रो स्वास्थ्य भएका व्यक्तिहरु समावेश गरिने विश्वविद्यालयले जनाएको छ । परीक्षण व्रिष्टोल चिल्ड्रेन्स भ्याक्सिन सेन्टर, युनिभर्सिटी हस्पिटल साउथह्याम्पटन र इम्पेरियल कलेज लण्डनमा गरिने छ ।

लण्डनमा हुने परीक्षणमा उत्तर पश्चिम लण्डन, पश्चिम लण्डन र दक्षिण पश्चिम लण्डनबासीले भाग लिन पाउने छन् । खोप परीक्षणमा कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएकाहरुले भाग लिन पाउने छैनन् । त्यस्तै कोभिड-१९ बाट अति जोखिम स्वास्थ्यवस्थामा रहेका व्यक्ति बसेको घरमा बस्नेहरुले पनि भाग लिन पाउने छैनन् ।

गर्भवती भइसकेका र गर्भवती हुने चाहना राखेका तथा नवजात बच्चाहरुलाई दुध खुवाइरहेकाहरुलाई पनि परीक्षणमा सामेल गरिने छैन । यसअघि परीक्षणमा भाग लिइसकेका र अरु प्रकारका कोरोना भाइरसको खोप लिइसकेकाहरु पनि परीक्षणमा योग्य हुने छैनन् ।

अनुसन्धाताहरुले परीक्षणमा १ हजार ११२ जना स्वयंसेवक भर्ना गर्ने योजना बनाएका छन् । जसमध्ये ५६१ जनालाई ऋजब्मइहज्ञ लऋयख्(ज्ञढ खोप लगाइने छ । बाँकी ५५१ जनालाई कन्ट्रोल खोप दिइने छ । खोप परीक्षणका लागि ९० मिनेट लाग्ने बताइएको छ । फलोअपका लागि २० मिनेट लाग्ने बताइएको छ ।

परीक्षण छ महिनामा सकिने योजना छ । परीक्षणमा भाग लिएका स्वयंसेवकले परीक्षणका क्रममा चारदेखि १२ पटकसम्म परीक्षण केन्द्र जान पर्ने हुनसक्छ ।

परीक्षणमा भाग लिने स्वयंसेवकलाई अक्सफोर्ड विश्वविद्यालयले उनीहरुको समय, यात्रा र योगदानका लागि प्रतिव्यक्ति २३५ पाउण्ड दिने बताएको छ भने एम्पेरियल कलेज लण्डनले १९० देखि ६२५ पाउण्ड दिने बताएको छ ।

अनुसन्धानकर्ताहरुले खोपको परीक्षणबाट प्राप्त हुने ज्ञानले कोभिड१९ विरुद्ध खोप बनाउन मद्दत गर्ने विश्वास लिएका छन् । अक्सफोर्ड विश्वविद्यालयले परीक्षणमा भाग लिँदा सीधा फाइदा नहुने तथापि परीक्षणमा भाग लिन पूर्व पूर्ण स्वास्थ्य परीक्षण गरिने बताएको छ ।

परीक्षणमा भाग लिँदा हुनसक्ने असरका बारेमा विश्वविद्यालयले हल्का पीडा हुन सक्ने, नमूनाका लागि रक्त संकलन गरिएको ठाउँमा दर्खर्याउन सक्ने, खोप दिइएको ठाउँमा हल्का रातो र सुन्निन सक्ने, खोप लगाएको २४ घन्टासम्म फ्लुको लक्षण देखिन सक्ने तर ४८ घन्टामा सबै सामान्य हुने बताएको छ ।

परीक्षणमा भाग लिने स्वयंसेवकहरुले यदि मन परिवर्तन भएमा जतिबेला पनि जुनसुकै कारणबाट आफू बाहिरिन सक्ने बताएको छ । यसरी बाहिरिने व्यक्तिहरुलाई पनि स्वास्थ्य जाँच गर्नपर्ने बताइएको छ ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०८:२८ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...