back
NMB ad

भारतमा एकै परिवारका आठ जना नेपाली कोरोनालाई जितेर घर फर्किए

Kumari bank ad

काठमाडौं । भारतमा एकै परिवारका आठ जना नेपाली कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । पश्चिम नेपालको अछाम जिल्लाको चैरपाटी निवासी उनीहरु अहिले घरमै आराम गरिरकेका छन ।

भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जनामा अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । तीनवटा अलग–अलग अस्पतालमा झण्डै साढे तीन साताको उपचारपछि निको भएका उनीहरू दक्षिण मुम्बईको आफ्नो घरमा बसिरहेको छन ।

परिवारकाअनुसार कार चलाउने काम गर्ने उनका माइलो भाइलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस नियन्त्रणको प्रयासमा लकडाउन घोषणा गर्नु अघि नै ज्वरो आइरहेको थियो ।

पारिवारिक चिकित्सकबाट परीक्षण अनि विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने क्रम रोकिएन । त्यसपछि उनले भाइमा कोरोनाभाइरस रहे या नरहेको परीक्षण गराउने निधो गरे । स्वास्थ्य परीक्षणमा भाइलाई कोभिड–१९ देखिएपछि उनलाई अस्पतालमा भर्ना गरियो ।

एउटै घरमा बस्ने भएकाले परिवारका सबै ११ जनाको परीक्षण गराएको थियो । जाँचपछि उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो। आफ्ना १२ वर्षे छोरा, भाइबुहारी र भतिजी बाहेक परिवारका सबैमा कोरोना देखिएको थियो। भारतको मुम्बईका ट्रमा, कस्तुरवा र पी डब्लू अस्पतालमा उनका परिवारका सदस्यहरूको उपचार गरिएको थियो ।

उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए। निको भएर घर फर्किका उनीहरुले हिन्दु विधि अनुसार पूजापाठ गरेर परिवारका सबै सदस्यहरू दक्षिण भारतको मुम्बई स्थित गिरगाउँ चौपट्टीमा रहेको घरमा प्रवेश गरेको र पहिलाजस्तै एकजुट भएर रमाएका छन ।

वि.सं.२०७७ वैशाख १७ बुधवार १२:३७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...