back
NMB ad

कर्णाली प्रदेश एक हप्‍ता सिल गर्ने निर्णय

Kumari bank ad

सुर्खेत । छिमेकी प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशलाई पूर्णरुपमा सिल गरिएको छ ।  प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि कर्णालीका सबै नाका सिल गरिएका हुन्।

हालसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले प्रदेश भित्रिने सबै नाकाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

यसअघि छिमेकी सुदूरपश्चिममा पनि संक्रमण देखिएको छ। यस्तै पछिल्लो समय प्रदेश ५ को नेपालगंजमा पनि संक्रमण देखिएपछि कर्णालीमा त्रास छाएको छ। यही त्रासकाबिच बाहिरबाट संक्रमण भित्रिन नदिन कर्णालीका सबै नाकाहरु बन्द गरिएका हुन्। कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को सोमवार सम्पन्न बैठकले एक साताका लागि प्रदेशका सबै नाकाहरु पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै कर्णाली भित्रिने सबै नाकाहरु बन्द भएका हुन्।

नाका बन्द भएसँगै अब कर्णालीमा कोही पनि भित्रिन पाउन छैनन्। यस्तै निर्माण सामग्री र खाद्यान्न आयातमा पनि रोक लगाइएको छ। सामाजिक विकास मन्त्री दल रावलले भने,‘संक्रमणबाट अहिलेसम्म कर्णाली सुरक्षित छ, तर छिमेकी प्रदेशमा संक्रमण बढ्यो। त्यो भित्रिन नदिन हामीले कर्णालीलाई पूर्णरुपमा सिल गर्ने निर्णय गरेका छौं, अब मानिसहरुको आवतजावत र सामानको ढुवानी पूर्णरुपमा बन्द हुनेछ।’ उनका अनुसार प्रदेश नम्बर ५ र सुदूरपश्चिमबाट संक्रमण भित्रिन सक्ने जोखिम बढेपछि नाकाहरु बन्द गरिएको हो। बिरामी बोकेका एम्बुलेन्सको हकमा भने नाकामा प्रवेश दिइने छ।

यस्तै बैठकले कर्णालीका विभिन्न २७ स्थानमा चिकित्सकसहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। प्रदेशका रणनीतिक स्थान, बजार क्षेत्र र नजिकका गाउँपालिकाहरुलाई केन्द्र पर्नेगरी विभिन्न स्थान छनौट गरिएका छन्। ति स्थानमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकको टोली खटाइने छ। उक्त टोलीले नमूना संकलन, दु्रत परीक्षण र उपचारको काम गर्नेछन्। ‘जुम्लाबाट खटिने चिकित्सकले साविक कर्णाली र सुर्खेतबाट खटिएका चिकित्सकले अन्य जिल्लामा काम गर्नेछन्’ मन्त्री रावलले भने,‘परीक्षण र उपचारको दायरा बढाएका छौं, चिकित्सकले अब फिल्डमै रहेर उपचार गर्नेछन्।’उनले चिकित्सकको टोलीले आवश्यक परेमा सोही स्थानमा आइसोलेसन वार्डसमेत संचालन गर्ने बताए।

पछिल्लो समय उद्दारको नाममा कर्णालीमा मानिसहरु ओसार्नेक्रम बढेको थियो। स्थानीय तह र प्रदेश सरकारले नै बाहिरबाट नागरिकहरु उद्दार गर्दै आएका थिए। नाकाहरु बन्द भएसँगै अब मानिसहरु ओसार्ने काम बन्द हुनेछ। यस्तै प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले लकडाउनको अवधिमा पनि प्रदेशमा रहेका ठूला विकास आयोजना संचालन गर्ने निर्णय गरेको छ।

मेसिन प्रयोग हुने आयोजनाको काम सूचारु गर्ने निर्णय बैठकले गरेको हो। आन्तरिक विकासका कामलाई सुचारु राख्ने निर्णय भएको मन्त्री रावलले जानकारी दिए। मुख्य नाकाहरु बन्द गर्ने निर्णय भए पनि जिल्ला र पालिका तहमा भने केही खुकुलो बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ वैशाख २२ सोमवार १६:३६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...