back
NMB ad

पादबाट पनि कोरोना फैलिन सक्ने !

Kumari bank ad

सिड्नी । दोस्रो विश्वयुद्धपछि मानव इतिहासको महाशत्रुका रूपमा व्याप्त विषाणु कोरोना भाइरस कसरी फैलिन्छ, अनुसन्धान अझै जारी छ । शरीरभित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के–के हुन सक्छ, यसमा नयाँ–नयाँ तथ्य बाहिर आइरहेका छन् ।

हालै एक अध्ययनले पादबाट पनि कोरोना भाइरस फैलिन सक्ने देखाएको छ । यद्यपि यसलाई लिएर केही विज्ञ त्यति चिन्तित देखिएका छैनन् र यस्तो पनि हुन सक्छ भन्नेमा धेरैले आशंका रहेको छ ।

तर, सामाजिक सञ्जालमा भने व्यापक चर्चा पाइरहेको कोरोनाको यो स्वभावको सम्भावनालाई अस्वीकार गर्न पनि नसकिने स्थिति छ । यो सम्पूर्ण चर्चाको शुरू अस्ट्रेलियाका एक डाक्टरको केही टिप्पणी सामाजिक सञ्जालमा आएपछि भएको हो ।

अस्ट्रेलियाका डाक्टर एन्डी ट्यागले गरेका केही परीक्षणमा कोरोना भाइरसका ५५ प्रतिशत बिरामीको दिसामा उक्त भाइरस भेटिएको छ ।
चिकित्सकीय शोधमा पहिला पनि पादमा दिसाका स–साना अंश हुन सक्ने र यसको माध्यमबाट ब्याक्टेरिया फैलिन पनि सक्ने चेतावनी दिइसकेको छ । यद्यपि पादका माध्यमबाट कसरी भाइरस फैलिन सक्छ, यसलाई लिएर थप अनुसन्धान आवश्यक भएको उनले बताए ।

अर्कोतर्फ विज्ञहरू यसको सम्भावना नभएसरह भएको बताउँछन् । यस्तो हुने भनेको जब कसैले पाद्दा अर्को व्यक्ति अत्यन्त नजिक हुनुपर्नेछ । बीचमा कुनै न कुनै कपडा हुनुले ड्रपलेट्स बाहिर फैलिनु लगभग असम्भव हो ।

यद्यपि दिसामा भाइरस हुन सक्ने तथ्यलाई अस्वीकार गर्न नसक्ने बताइएको छ । त्यसैले ट्वाइलेटको सफा–सुग्घरमा अत्यन्त ध्यान दिन आवश्यक छ । कैयौं संक्रमणमा केही बिरामीमा शुरूमा पखाला लागेको र त्यसपछि मात्र कोरोनाका अन्य लक्षण देखिएका छन् । यस्तोमा सावधान हुनु राम्रो हो ।

कोरानो भाइरस फैलिने सामान्य तरिका भनेको हाच्छ्युँ गर्दा र खोकीबाट निस्कने स–साना थोपा नै हो । मुख र नाकबाट निस्कने साना ती थोपाका माध्यमबाट भाइरस बाहिर आउन सक्छ । त्यसपछि कुनै व्यक्तिसँगको सीधा सम्पर्कबाट पनि यो फैलिन सक्छ ।

संक्रमित हातबाट कुनै वस्तु छुँदा पनि भाइरस केही समय ती वस्तुमा रहन सक्छ र त्यहाँबाट अन्य व्यक्ति त्यसको सम्पर्कमा आउन सक्छ । -एजेन्सी

वि.सं.२०७७ वैशाख २९ सोमवार १८:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...