काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते अपराह्न चार बजे सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार १३:५० मा प्रकाशित