काठमाडौं । नेपाल प्रहरीका ६० प्रहरी निरीक्षक (इस्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । समितिले इस्पेक्टर पृथ्वीनारायण ओलीलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवाको फागि सिफारिसमा पर्नेहरुमा केदार राज पन्त, जयराम कुईंकेल, कविन्द्रकुमार कार्की, संजिवबाबु खड्का, पञ्चकुमार बाखु, पूर्णिमाकुमारी चन्द, शर्मिला गुरुङ, राजकुमार राई,सुवास खड्का, चन्चला श्रेष्ठ, राजु लामा, अनिलकुमार घिमिरे, रुपा लाबुङसहित ६० जना छन् ।
हेर्नुहोस् नामावली :
वि.सं.२०७७ जेठ ५ सोमवार ०८:०८ मा प्रकाशित