back
NMB ad

‘कोभिड-१९’ को भ्याक्सिन ९ महिनाभित्र आउँदै !

Kumari bank ad

एजेन्सी । विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् ।

अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले सकारात्मक सम्भावनाहरु देखाइरहेको छ ।

अमेरिकामा कोभिड १९ भ्याक्सिनको परीक्षणको नतिजा सफलतातर्फ उन्मुख भएको छ । मोर्डना कम्पनिले गरिरहेको परीक्षणले नतिजा दिने देखाउँदैछ । प्रारम्भिक परिणाम अनुसार कोभिड १९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।

अमेरिकाको बायोटेक कम्पनि मोर्डनाले त्यहाँको नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ ।

सीएनएनका अनुसार यदि भविष्यमा अध्ययन राम्ररी बढेमा सन् २०२१ को जनवरी अगावै भ्याक्सिन सार्वजनिक रुपमा उपलब्ध हुनेछ । यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यस अगाडि भ्याक्सिनको सबै चरणको परीक्षण सफल हुनुपर्नेछ ।

मोर्डनाका प्रमुख डा. ताल जाक्सले सीएनएनसँग भने, यो असाध्यै राम्रो खबर हो । उनले सफलतातर्फ बढिरहेको बताए । प्रारम्भिक तथ्यांक अनुसार पहिलो चरणको क्लिनिकल परीक्षणबाट थोरै मानिसलाई लिएर भ्याक्सिन सुरक्षित र रोगप्रतिरोधात्मक क्षमताको प्रतिक्रिया प्राप्त गर्ने अध्ययन गरिएको थियो । परीक्षणले भ्याक्सिनलाई रोक्ने पाइएको मोर्डनाका प्रमुख जाक्सले बताएका छन् । रिसर्चरहरु निकै उत्साही भएका छन् ।

अब मोर्डनाले दोस्रो चरणको परीक्षण शुरु गर्ने छ । तेस्रो चरणको परीक्षण जुलाईमा हुनेछ । जसमा हजारौं मानिसहरुमा परीक्षण हुनेछ । कोभिड १९ रोकथाममा सफलता हासिल हुनुका साथै मानिसको स्वास्थ्यलाई नकारात्मक असर नगरेमा यसको सार्वजनिक प्रयोग शुरु गरिनेछ ।

यसैगरी, रुस, भारत, चीन, इजरायल, बेलायत, अष्ट्रेलियालगायतका मुलुकका कम्पनिहरु पनि भ्याक्सिन विकासमा जुटिरहेका छन् । सबैले सफलताको संकेत गरेका छन् । विश्वका चर्चित विश्वविद्यालयहरु पनि भ्याक्सिनको विकासमा लागेका छन् ।

वि.सं.२०७७ जेठ ६ मंगलवार ०७:२७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...