back
NMB ad

मन्त्रिपरिषद् बैठक बस्दै : लकडाउनको मोडालिटी परिवर्तन गर्ने

Kumari bank ad

काठमाडौँ । सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न आज (बिहीबार) अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।

‘हिजै प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्नुभएको छ । त्यो छलफलमा पनि मोडालिटी परिवर्तनको सुझाव आएको छ । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्छ’, ती मन्त्रिको भनाइ छ ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।

यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गर्नुभएको थियो । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।

वि.सं.२०७७ जेठ २२ बिहीवार ०८:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...