back
NMB ad

लकडाउनका कारण अवरुद्ध सेवाहरु असार १ गतेबाट पुनः सञ्चालन गर्ने निर्णय

Kumari bank ad

वीरगंज । पर्सा जिल्ला अदालतले लकडाउन तथा कोरोना भाइरसका कारण अवरुद्ध भएका केही सेवाहरु अगामी असार १ गतेबाट पुनः सञ्चालन गर्ने भएको छ।

कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितमा पनि संकमणको जोखिमलाई न्यूनिकरण गरी न्यायिक कार्यको निरन्तरता दिने उद्देश्यले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको पत्र अनुसार पर्सा जिल्ला अदालतबाट असार १ गतेदेखि लागू हुने गरी विभिन्न २० प्रकारका सेवा दिने निर्णय गरेको छ।

लकडाउनको समयमा निरन्तर रुपमा सम्पादन हुँदै आएका र केही थप समेत गरी विभिन्न कार्यहरु सम्पादन हुने पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार यस अवधिमा सरकारवादी मुद्दाहरुको अभियोग दर्ता गर्ने र प्रतिवादीको बयान गराई थुनछेक आदेशका कार्यलाई निरन्तरता दिने, मुलुकी फौजदारी कार्यविधी सहिता, २०७४ को दफा १५५ अनुसारको निवेदन दर्ता र सुनुवाईको कार्यलाई निरन्तरता दिने लगायतको सेवाहरु रहेका छन्।

त्यस्तै, नाबालकलाई अभिभावकको जिम्मा लगाउने सम्बन्धी निवेदन दर्ता र सुनुवाईलाई निरन्तरता दिने, ज्येष्ठ नागरिकको कैद छुट सम्बन्धी निवेदनको दर्ता र सुनुवाई गर्ने, अन्तरिम राहतको दावी रहेको घरेलु हिंसा, माना चामल वा भरण पोषण सम्बन्धी मुद्दाका पक्षहरु सुनुवाईका लागि निवेदन लिई उपस्थित भएमा सुनुवाई गर्ने सेवा समेत रहेका छन्।

यसैगरी, अधिकृत वारेशनामा प्रमाणित एवं विवाह दर्ता सम्बन्धी निवेदनका कार्य प्रार्थामकता निर्धारण गर्ने, मिलापत्र तथा मुद्दा फिर्ता सम्बन्धी निवेदनका कार्य लगायतका २० वटा कामहरु शुरु हुने भएको अधिकारीले बताए।

लकडाउन पूर्व कसुर कायम भई सजाय निर्धारण हुन बाँकी रहेका मुद्दामा थुनामा रहेका प्रतिवादीको सजाय निर्धारण गर्ने, फरार प्रतिवादी कोरना भाइरसको पीसीआर परीक्षणका साथ उपस्थित भएमा हाजिर गराई थुनछेक सम्बन्धी कार्य गर्ने लगायतको काम समेत गरिने श्रेस्तेदार अधिकारीले जानकारी दिए। –पहिलो पोष्टबाट

वि.सं.२०७७ जेठ २८ बुधवार १८:१४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...