back
NMB ad

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सरुवा, अब को कहाँ ?

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । गभर्नर महाप्रसाद अधिकारीले विशिष्ट तहका ती कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

यसरी जिम्मेवारी हेरफेरमा पर्ने कार्यकारी निर्देशकहरुमा भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापा छन् । स्रोतका अनुसार यसअघि राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेल भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् ।

भुक्तानी प्रणाली विभागमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।  त्यस्तै, केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा पठाइएको छ । उनी यसअघि मुद्रा व्यवस्थापन विभागमा थिए ।

उता, वित्त कम्पनी सुपरीवेक्षण र जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक एकअर्काको जिम्मेवारीमा साटफेर भएका छन् । यसअघि वित्त कम्पनी सुपरीवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ । त्यस्तै जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ ।

रामु पौडेल र विश्रुत थापा केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । भुवन कँडेल र पिताम्बर भण्डारी लामो समयदेखि सोही विभागमा थिए । रेवती नेपाललाई भे केही महिना अघि मात्रै भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको थियो ।

राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले गभर्नरले नियमावलीको अधिनमा रही जुनसुकै बेला पनि आफ्ना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्नसक्ने अधिकार दिइएको छ । सोही अधिकारको प्रयोग गरी नयाँ गभर्नरले पहिलोपटक व्यवस्थापकीय तहका ती कर्मचारीहरुको सरुवा गरेका हुन् । -रातोपाटीबाट

वि.सं.२०७७ जेठ ३० शुक्रवार १४:४० मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...