back
NMB ad

शेयर बजार असारको पहिलो सातासम्म बन्द

Kumari bank ad

काठमाडौं । नेपाली शेयर बजार ४ असारसम्म बन्द रहने भएको छ । कोरोना भाइरसका कारण बन्द रहेको शेयर बजार थप चार दिनको लागि बन्द गर्ने निर्णय नेप्सेले गरेको छ ।

आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई शेयर बजार नखोल्ने निर्णय गरेको हो । बैठकले असार ४ गते बिहीबारसम्मको लागि बजार बन्द गर्ने निर्णय गरेपनि ६ गतेसम्म बन्द हुनेछ । असार ५ गते शुक्रबार र ६ गते शनिबार भएकाले सो दिनसम्म बजार बन्द हुने भएको हो ।

असार ७ गते आइतबरदेखि भने बजार खुलाउने पक्षमा बोर्ड र नेप्से देखिन्छ । सरकारले लकडाउन थप गरेसँगै शेयर बजार पनि जेठ ३२ सम्मका लागि बन्द भएको थियो ।

सरकारले लकडाउन खुकुलो बनाएपनि शेयर बजार खुलाउनको लागि मोडालिटी तयारी नभइसकेकाले बोर्डले हालको लागि बजार बन्द गर्न निर्देशन दिएको हो ।

आइतबार नेपाल धितोपत्र बोर्डमा लगानीकर्ता संगठनका पदाधिकारीसँग भएको छलफलमा लगानीकर्ताहरुले बजार खुलाउँदा केही सहुलियतको व्यवस्था गरेर मात्र बजार खुलाउन सुझाव दिएका छन् ।

गत वैशाखमा पनि केही मोडालिटी परिर्वतन गरेर बजार खुलाउँदा दुइ दिनमा सुचक करिब ५० अंकले घट्न पुगेको थियो । सो दिनको कारोबारबाट लगानीकर्ताहरुले अर्वौ सम्पति गुमाएका थिए ।

वि.सं.२०७७ असार १ सोमवार ०९:५८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...