back
Hero Ad

लक्ष्मी बैंकको यस्तो सुविधा : अब ल्यापटप, कम्प्युटर खरिद गर्न पनि ऋण पाइने, व्याजदर कति ?

काठमाडौं । लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि पनि ऋण दिने भएको छ । बैंकले खरिद मूल्यको सत् प्रतिशतसम्म ऋण उपलब्ध गराउने छ।

यो ऋणको प्रक्रिया सुरु गर्न पैसा लाग्दैन। बैंकले अन्य कुनै किसिमको शुल्क पनि नलिने जनाएको छ। वार्षिक ब्याज दर भने १२ प्रतिशत निर्धारण गरिएको छ। बैंकले एसर, इप्सन, डेल तथा एप्पल ब्रान्डका ल्यापटप तथा डेस्कटप कम्प्युटर उपकरण खरिद गर्न बैंकले ऋण दिने छ।

कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको सन्दर्भमा बैंकले ऋण दिने योजना ल्याएको हो ।

बैंकले हिंडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरूप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएको जनाएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै बैंकले ऋण योजना ल्याएको हो।

वि.सं.२०७७ असार ३ बुधवार ०८:०९ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७९ असोज २० बिहीवार १५:२४

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको...