back
NMB ad

कोरोनाको औषधी : बेलायतमा डेक्सामेथासोनको प्रयोग सफल

Kumari bank ad

एजेन्सी । डेक्सामेथासोन नामक औषधी प्रयोग गरी कोभिड–१९ (कोरोना) भाइरस संक्रमित गम्भीर बिरामीको ज्यान जोगाइएको बेलायती विशेषज्ञहरूले जानकारी दिएका छन् ।

सस्तो र सर्वसुलभ पाइने डेक्सामेथासोन बाथ र दमको समस्या निदान गर्न प्रयोग हुने गरेको छ । संक्रमितको उपचारका लागि अनेक विकल्प र परीक्षण गरिरहेका बेलायती चिकित्सक र विशेषज्ञहरूले गम्भीर बिरामीको उपचारका लागि डेक्सोमेथासोनको प्रयोग सहायक सिद्ध हुने दावी गरेका छन् ।

सन् १९६० को दशकदेखि बाथ र दमको उपचारमा डेक्सामेथासोन औषधी प्रयोग हुँदै आएको छ। यो औषधीको निकै थोरै मात्रा बिरामीलाई खुवाइएको र त्यसपछि बिरामीको स्वास्थ्यमा आएको बताएका छन्।

तत्कालका लागि यो औषधी नै कोरोना संक्रमितका लागि उपयोगी हुनसक्ने उनीहरूको भनाई छ। गम्भीर स्थितिमा पुगेका र भेन्टिलेटरमा राखिएका बिरामीले ज्यान गुमाउन सक्ने जोखिमलाई यो औषधी प्रयोगले एक तिहाइसम्म कम गर्न सक्ने बीबीसीमा उल्लेख छ ।

कोरोना संक्रमण फैलन शुरु हुँदै गर्दा बेलायतमा यो औषधी प्रयोग गरिएको भए कम्तिमा पाँच हजार मानिसको ज्यान बचाउन सकिने देखिएको शोधकर्ताहरूले अनुमान गरेका छन्।

यो औषधी सस्तो पनि भएकाले आर्थिक रुपमा विपन्न मुलुकका नागरिकले समेत खरिद गर्न सक्छन्। बेलायती चिकित्सकहरूले संक्रमितको उपचारका लागि अहिले बजारमा उपलब्ध र सम्भव सबै औषधीहरूको प्रयोग र परीक्षण गरिरहेको जनाइएको छ। अन्य औषधी प्रयोगले संक्रमितको स्वास्थ्यमा सुधार नआएपनि डेक्सामेथासोनले निकै सहयोग गरेको उनीहरूले बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले अस्पतालमा भर्ना गरिएका दुई हजार संक्रमितलाई यो औषधी दिएका थिए। औषधी नखुवाइएका अन्य चार हजार मानिसहरूको स्वास्थ्य अवस्थासँग औषधी खुवाइएका मानिसहरूको स्थिति तुलना गरिएको थियो।भेन्टिलेटरको सहारामा जिवितै रहेका बिरामीलाई यो औषधी खुवाएपछि कोरोनाको जोखिम ४० देखि २८ प्रतिशतसम्म घटेको थियो।

यो शोध समूहका मुख्य अध्ययनकर्ता प्राध्यापक पिटर हार्बीले भनेका छन्, ’संक्रमितको मृत्युदर घटाउन डेक्सोमेथासोन मात्रै अहिलेसम्म भेटिएको प्रभावकारी औषधी हो, यो पत्ता लगाउन सक्नु नै ठूलो सफलता हो।’ ’भेन्टिलेटरको सहारामा जीवित रहेका हरेक आठमा एक जनालाई यो औषधी प्रयोगमार्फत बचाउन सकिन्छ, अक्सिजनको आवश्यक पर्ने हरेक २५ मध्ये एक संक्रमित पनि यो औषधी प्रयोग गरेपछि बाँच्न सक्छन्,’ अर्का शोधकर्ता प्राध्यापक मार्टिन लैन्ड्रले भनेका छन्, ’डेक्सोमेथासोन संक्रमितको उपचारमा उपायसिद्ध भइसकेको छ, १० दिनसम्म यो औषधी प्रयोग गर्दा बिरामीको बढीमा जम्माजम्मी एक हजार रुपैयाँ खर्च हुन्छ, यस हिसाबले करिब तीन हजार रुपैयाँ खर्च गर्दा एक संक्रमितको ज्यान जोगाउन सकिन्छ।’ कोरोनाको सामान्य लक्षण देखिएका बिरामीलाई भने यो औषधी प्रयोग खासै उपयोगी नहुने चिकित्सकहरूले बताएका छन्।

अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यकताअनुसार यो औषधी दिन सकिने, तर बजारबाट किनेर आफ्नै खुशीले प्रयोग गर्न उनीहरूले आग्रह गरेका छन्। यसअघि अमेरिकाले कोरोनाको औषधी भन्दै प्रयोग गरेको हाइड्रोक्सीक्लोरोक्वीनले बिरामीमा हृदयसम्बन्धी समस्या बढाएको थियो।

इबोलाको औषधी रेमडेसिवियरले पनि संक्रमितको उपचारमा सहयोग पुगेको चिकित्सकहरूले बताउने गरेका छन्। तर यी औषधीहरू नै कोरोना रोकथामका लागि पर्याप्त नभएको र सबै संक्रमितका हकमा प्रभावकारी देखिएको छैन।

वि.सं.२०७७ असार ३ बुधवार १३:५४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...