back
NMB ad

भोलिदेखि सबै बजारहरु बन्द गर्ने निर्णय !

Kumari bank ad

दाङ । दाङमा बिहीबार देखि लागू हुनेगरी सबै बजारहरु साँझ ५ बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले केही समयका लागि साँझ ५ बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले यही रफ्तारमा सङ्क्रमितहरु बढिरहेमा नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ । यसैगरी बैठकले गाडीहरुलाई व्यवस्थित गर्न निजी जोरबिजोर प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । मोटरसाइकलमा भने जोरबिजोरका साथै एक जनामात्र चढ्न पाइनेछ ।

चार पाङ्ग्रेका हकमा चालकसहित अन्य दुई जना बस्नेगरी जोरबिजोर प्रणाली लागू गरिएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला चेम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

बैठकले जिल्लामा कोरोना सङ्क्रमितहरुको प्रभावकारी उपचारको व्यवस्था गर्ने, क्वरेन्टीन, आइसोलेशन व्यवस्थित गर्ने साथै दश जनाभन्दा बढीको शव व्यवस्थापनका लागि चाहिने सामानहरु जिल्ला विपद् व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय पनि गरेको छ ।

वि.सं.२०७७ असार ३ बुधवार १२:३७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...