back
NMB ad

असार १५ भित्र विद्यार्थी भर्ना प्रक्रिया सक्ने निर्णय

Kumari bank ad

काठमाडौं । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले असार १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण तथा भर्ना प्रक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ ।

एसोसियसनको हालै सम्पन्न जुम बैठकले यस्तो निर्णय गरेको एसोसियसनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । । कोरोना भाइरसका कारण चालु शैक्षिक सत्रको सुरुदेखि नै विद्यालय सञ्चालन हुन नसकेका कारण विद्यालयले पर्याप्त सुरक्षाको प्रबन्ध तथा भौतिक दूरी समेतलाई ध्यानमा राखेर शैक्षिक क्रियाकलाप अघि बढाउन उसले निर्देशन दिएको छ ।

भर्ना भएका विद्यार्थीलाई उपयुक्त माध्यमबाट पाठ्यपुस्तकलगायत आवश्यक शैक्षिक सामग्री उपलव्धताको व्यवस्थापन गर्ने, वैकल्पिक शिक्षण विधि सञ्चालन गर्नका लागि बैठकले पारित गरेको वैकल्पिक शिक्षण विधि निर्देशिका( २०७७ बमोजिम शिक्षण क्रियाकलाप अघि बढाउने तथा असहज परिस्थितिका कारण तत्काल कक्षा सञ्चालन हुन नसक्ने अवस्थामा पारित निर्देशिकाअन्तर्गत रही वैकल्पिक शिक्षण विधिबाट विद्यार्थीलाई सिकाइसँग जोडन सदस्य विद्यालयलाई सूचित गर्ने निर्णय बैठकले गरेको छ ।

विद्यालय प्रशासनमार्फत विद्यार्थी तथा अभिभावकलाई विद्यालयले सञ्चालन गर्ने भर्चुअल कक्षा सम्बन्धमा जानकारी गराउने, अनलाइन तथा अफलाइन कक्षा सञ्चालन विधि तथा प्रक्रियाका बारेमा शिक्षकलाई अभिमुखिकरण कार्यक्रम संचालन गर्ने, विद्यालय क्षेत्र बाहिरका विद्यार्थीको पहिचान गरी सम्बन्धित स्थानमा उपलब्ध हुनसक्ने सञ्चारका माध्यमबाट विद्यार्थीको सिकाइ प्रक्रियालाई अघि बढाउने तथा स्थानीयस्तरमा भएका सबै प्रकारका सञ्चार माध्यमसँग सहकार्य गरी वैकल्पिक शिक्षण विधिलाई विद्यार्थीसमक्ष पु¥याउन प्रयत्न गर्ने लगायतका निर्णय भएको अध्यक्ष सापकोटाले बताए ।

असार १ गते देखि वैकल्पिक कक्षा सञ्चालन गर्न तथा चालु शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनलाई अधि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनअनुसार असार महिनादेखि विद्यालयको आन्तरिक गतिविधि र वैकल्पिक कक्षा सञ्चालन गर्दै नियमितरुपमा शुल्क उठाइ शैक्षिक गतिविधि अघि बढाउने निर्णय पनि एसोसियसनले गरेको छ ।-अन्नपूर्ण पोष्ट अनलाइनबाट

वि.सं.२०७७ असार ७ आइतवार १४:२९ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...