काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा आज (मङगलबार) भने तोलामा एक सयले घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगको थियो, भने आज एक सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ कायम भएको छ । यस्तै, चाँदी मुल्य यथावत रही प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ असार १६ मंगलवार ११:१० मा प्रकाशित