back
NMB ad

‘अर्थतन्त्र बलियो बनाउन सहकारी क्षेत्र बलियो आधार’ : मन्त्री अर्याल

Kumari bank ad

ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालको अर्थतन्त्र बलियो बनाउन काम गर्न सहकारी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज शनिवार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

अहिले अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेको भन्दै मन्त्री अर्यालले त्यसलाई बलियो बनाउनका निम्ती सहकारी क्षेत्र बलियो आधार हुने बताउनुभयो । ‘सहकारीसँग ठूलो पुँजी छ । त्यसलाई परिचालन गरेर हामीले रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सक्छौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अर्थतन्त्र डामाडोल अवस्थामा छ । हिजोसम्म सञ्चितीले काम गरिरहेको थियो । अब पुरै माइनसमा छ । यस्तो अवस्थामा सहकारीले मुलुकको अर्थतन्त्रमा योगदान दिनुपर्छ ।’

सहकारी क्षेत्रका सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताउनुभयो । स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्नल अहिलेदेखि नै सचेत रहनुपर्ने उहाँको भनाइ थियो । त्यसका निम्ती केन्द्रीय सहकारी संघहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पुर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडी बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालले बताउनुभयो । ‘तपाइहरु एकमत भएर टुंग्याइदिनुस । मेरो बिनम्रतापुर्वक आग्रह छ । डेढ वर्ष भयो टुंगिनै नसक्ने । यत्रो समयसम्म टुंगिनै नसक्ने शोभनिय कुरा होइन’, मन्त्री अर्यालले भन्नुभयो ।

नेकपाभित्र चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको मन्त्री अर्यालले बताउनुभएको छ । नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गर्नुभएको थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘यो समस्याको समाधान गर्नका निम्ती कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’

कम्युनिष्ट पार्टीले शिखर चुम्दै गएको भन्दै मन्त्री अर्यालले यसमा धेरै जनताहरुको त्याग, तपश्या, लगानी रहेको उल्लेख गर्नुभयो । जनभावना मर्नेगरी फरक दिशामा नेकपा जान नसक्ने भन्दै उहाँले विश्वास दिलाउनुभयो ।

कम्युनिष्ट पार्टी गतिशिल पार्टी भएको भन्दै उहाँले कम्युनिष्ट पार्टीमा विचारको बहस, आलोचना, आत्मालोचना स्वभाविक कुरा भएको भन्दै तर अस्वस्थ ढंगले भएको अवस्थामा भने सोच्नुपर्ने अवस्था आउने बताउनुभयो । कम्युनिष्ट पार्टीभित्र हुने स्वतन्त्रताको प्रयोगलाई कतै पार्टी गलत दिशामा त गइरहेको छैन भन्ने ढंगले सोच्नु नहुने मन्त्री अर्यालले बताउनुभयो । ‘पार्टीका बैठकमा मनमा लागेका कुन नभन्ने हो भने कहाँ भन्ने हो रु त्यो स्वतन्त्रताको प्रयोग कम्युनिष्ट पार्टीमा आज भइरहेको छ । त्यसको आधारमा धेरै आशंका गरिरहनुपर्ने परिस्थिती छैन’, उहाँले भन्नुभयो ।

कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकका एजेण्डा र चालु संसदको अधिवेशनबीचमा कुनै सम्बन्ध नरहेको समेत मन्त्री अर्यालले बताउनुभयो । संसद अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उहाँले संसदको बिजनेश नभएका कारण चालु संसद अधिवेशन बन्द गरिएको प्रट्याउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्यो  बोलायौं । बजेट पास भयो । केही(केही विधेयकहरु थिए, त्यो विधेयकमाथी छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’

पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उहाँले नेताहरु आपसमा बसेर निष्कर्श निकाले अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

वि.सं.२०७७ असार २० शनिवार १८:५७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...