काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु १०० ले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनको मूल्य ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य रु ५ बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ असार ३० मंगलवार ११:५४ मा प्रकाशित