
काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी एक सूचना निकालेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नेपाल बैंक लि.को नतिजा प्रकाशन गरेको हो ।
आयोगले नेपाल बैंकको वि.नं.२३/०७६–७७ (खुला तथा समावेशी) (बागमती प्रदेश), चौँथो तह,सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
लिखित परीक्षामा उत्र्तिण भएका उम्मेदवारहरुले अन्तर्वार्ता तथा अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि आयोगले अनुरोध समेत गरेको छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ साउन २ शुक्रवार १२:२० मा प्रकाशित