काठमाडौं । प्रभु बैंकले असार २१ गतेदेखि विक्रीमा ल्याएको संस्थापक शेयर लिलामीमा गोप्य शिलबन्दी पेश गर्ने साउन ५ गते सोमवार अन्तिम दिन रहेको छ ।
कम्पनीले २८ लाख १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १२२ तोकिएको छ । बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।
आवेदन दिदाँ न्यूनतम १ लाख कित्ताका लागि दिन सकिनेछ भने अधिकतमका लागि कुनै हद तोकिएको छैन ।सबैभन्दा बढी दररेटमा खरीद माग गर्ने आवेदकलाई शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
प्राप्त आवेदन साउन ६ गते विहान १० बजे मुक्तिनाथ क्यापिटलको कार्यालय, कमलादी, काठमाडौंमा खोलिने कम्पनीले बताएको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १३:३९ मा प्रकाशित