back
NMB ad

भदौ १ गतेदेखि विद्यालय खुल्ने ! यी हुन् पालना गर्नुपर्ने कडा नियमहरु

Kumari bank ad

काठमाडौं । अब विद्यालय खोल्दा कडा नियम पालना गर्नुपर्ने भएको छ । विद्यालयको क्यान्टिनमा खाजा खादा, खेल मैदानमा खेल्दा, छात्रावासमा बस्दा कक्षा कोठामा पढ्दा कडा नियम सामना गर्नुपर्ने भएको छ ।

मन्त्री परिषद्मा पुगेको सो कार्यविधि पारित भएर भदौ १ गतेदेखि विद्यालय खुल्ने सम्भावना रहेको छ ।सरकारले शिक्षकलाई विद्यालयसम्म पु¥याउन सवारी साधनको प्रयोगमा छुट दिनुपर्ने प्रस्ताव सरकारले गरेको छ ।

विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ उल्लेख भए अनुसारको नियम पालना गरेपछि मात्रै विद्यालय खोल्न पाइनेछ ।सरकारले साउन १५ गतेदेखि सामुदायीक विद्यालयका शिक्षकलाई अनिवार्य रुपमा विद्यालय पुग्नैपर्ने बाध्यकारी व्यवस्था लागु गर्ने तयारी गरेसंगै सो नियम लागु गर्न लागेको हो ।

शिक्षा, वित्रान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षकलाई विद्यालय पठाउने व्यवस्था गर्ने विषयमा छलफल भैरहेको बताउनुभयो ।

उहाले शिक्षक विद्यालयमा पुगेपछि कहिलेदेखि विद्यालय सञ्चालन गर्ने ? भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । भन्नुभयो–कोभिड–१९को संक्रमण घटेसंगै भर्ना खोल्ने, तथ्याङक राख्ने विषयमा छलफल भैरहेको बताउनभयो ।

उहाका अनुसार अब विद्यालय खोलेपनि कडा नियम र आचारसंहिता पालना गर्नुपर्ने छ । विद्यालय खोलेपछि पाना गर्नुपर्ने यस्ता नियम छन् ।

– खाजा खानका लागि कक्षाहरूलाई फरक फरक समयमा छुट्टी दिने, खाना बाँडेर नखाने८ कक्षाकोठा भित्र खाना खाजा नखाने र न्यूनतम भौतिक दुरी कायम गर्न नसकिने अवस्थामा सामुहिक क्रियाकलापहरू जस्तैःप्रार्थना, खेल आदि नगराउने ।

-बाल बालिकाबीचको न्यूनतम १ मिटर वा ३ फिटको भौतिक दुरी कायम हुने गरी कक्षा कोठामा विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने ।

– प्रारम्भिक बालविकासका बालबालिकाहरूको बसाइ व्यवस्थापनमा पनि भौतिक दुरी सुनिश्चित गर्ने तथा पूर्व निर्धारित समय, सिफ्ट वा समूहअनुसार कक्षा सञ्चालन गर्ने ।

–  यातायातका साधन प्रयोग गर्ने विद्यालयले जोखिम अवधिभर भौतिक दुरी कायम गर्ने गरी सवारी साधन (बस, भ्यान आदि) को कुल सिट संख्याको बढीमा ५० प्रतिशत मात्रै बोक्ने व्यवस्था गर्ने ।

– अलग अलग सिफ्टमा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने

– विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधिर घन्टी छोट्याउने ।

– अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले(जोखिम र सहजतालाई हेरी) कक्षा शुरू गर्ने ।

– कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने,

– विद्यालयभित्र शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीहरुको भौतिक दुरी कायम हुने गरी कक्षा कोठा, शौचालय, पिउने पानी आदि जस्ता स्थानहरुमा गोलो घेरा(मार्किङ) बनाउने र सोको पालनाको विषय आचारसंहितामा समेत समावेश गर्ने ।

– संघीय सरकारले गरेको निर्णय तथा निर्देशनमा रही देशभर एकै पटक सबै विद्यालय पुनः सञ्चालन हुने अवस्था आएमा वा जोखिमका हिसाबले फरक फरक मितिमा विद्यालय पुनः सञ्चालन हुने अवस्था आएमा स्थानीय तहले स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति. तथा शिक्षक अभिभावक संघका

-पदाधिकारी,स्वास्थ्यकर्मी,बालरयुबा क्लब आदिसँग परामर्श गरी विद्यालय खुल्ने दिनको पूर्वानुमान गरी कम्तिमा १५ दिन अगावै सरोकारवालाहरुलाई जानकारी गराउने

– विद्यालयमा आउने बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या आएमा वा कोभिड—१९ का लक्षणहरूसँग मिल्दा जुल्दा लक्षणहरू देखा परेमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने ।

– विद्यालय परिवार बाहेक अन्य व्यक्तिहरूलाई विद्यालय परिसरमा आउन निषेध गर्ने र अत्यावश्यक कामका लागि नआइहुने परिस्थिति भएमा प्रधानाध्यापकको अनुमती लिई मास्क लगाएर मात्र आउने व्यवस्था गर्ने ।

(न्युज अफ नेपालबाट)

वि.सं.२०७७ साउन ५ सोमवार १५:५७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...