काठमाडौं । नेपाली संगित संसारमा म्युजिकल फिल्म “तिनपाते” सार्वजनिक भएको छ । यूट्यूवमा ९० लाख हाराहारीमा भ्यू पाइसकेको गीत “के माया लाग्छ र” निर्माण टिमले नै यस गीतलाई सार्वजनिक गरेको हो ।
आर्टमाण्डु मिडियाका नवीन चौहानले निर्देशन गरेको तिनपाते वोलको गीत एउटा प्रेमको कथा हो । यसमा ग्रामिण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि वाल्यकालको माया र अपेक्षा लुकेको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दुध अनि गोठ देखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केहि गर्ने दुविधालाई छिर्दै यस म्यूजीक भिडियोले मिठो गीत र मनछुने कथा दुबै पस्किएको छ । संभवत नेपाली म्यूजीकल भिडियोको इतिहासमा नै यो एउटा यस्तो म्यूजिक भिडियो हो जस्मा मध्यान्तरको कन्सेप्ट राखिएको छ भनें शालिन अनि संझनायोग्य पल अनि दृश्यहरुलाई अटाउँदै यस भिडियोले नेपाल चिहाउने एउटा नयाँ आँखीझ्यालको काम गर्नेछ ।
यसमा शव्द हर्क साउद, संगीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं र विद्या तिवारीको रहेको छ । गीतको संगीत संयोजन गंगा थापाले गरेका हुन् भने ध्वनी मिश्रण कोबिद बज्रले गरेका हुन् । गीतको छायांकन अनिश स्याङ्गदेन, रंग संयोजन र ग्राफिक्स दिनसन शाहले गरेका हुन्। गीतमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल लगायतको अभिनय रहेको छ।
चियाको वगानमा तिनपाते भएका कोपीलाहरुलाई परिपक्क, मिठो अनि उपयूक्त बिम्बका साथ उद्धृत गरिन्छ, यस गीतमा पिरतीको तिन पाते स्वरुपमा देखाइएको छ, रसरंग अनि संझनालाई तिनपातेसंग जोडिदिएको यस गीतको लयले ग्रामिण नेपालको टपक्क टिपेको भाकाहरुलाई प्रतिनिधित्व गर्दछ ।
गीतका नेपाली परिवेशका शव्दहरुलाई विश्वजगतमा चिनाउने कसरत स्वरुप शव्दहरुको अँग्रेजी रुपान्तरण समेत गरिएको छ ।
निम्न लींकको यूट्यूब च्यानलमा यस म्युजिक भिडियो हेर्न सकिन्छ ।
प्रकाशित २०७७ साउन २२ गते
वि.सं.२०७७ साउन २२ बिहीवार १०:१७ मा प्रकाशित