back
NMB ad

आइतबारदेखि दुई हप्ताको लागि उपत्यकाका सबै सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप कडाइ हुने भएको छ।

शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको हो।

‘बैठकमा उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ’, ललितपुरका सीडीओ नारायण भट्टले भने, ‘उपत्यकामा संक्रमण बढेपछि आगामी दिनमा कस्तो रणनीति तय गर्न सकिन्छ भनेर छलफल गरिएको हो।’

बैठकमा संक्रमण बढी देखिएको क्षेत्र सिल गर्ने, अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, सपिङ मल र व्यापारिक केन्द्रमा स्वास्थय सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने, मापदण्ड कार्यान्वयन नभएको पाइए बन्द गर्नेलगायत विषयमा छलफल भएको छ।

ललितपुरको सीडीओ भट्टका अनुसार उपत्यकाको सुरक्षा मापदण्डका विषयमा केही महत्वपूर्ण प्रस्ताव गृहमन्त्रालयमा पठाउने विषयमासमेत छलफल भएको छ।

छलफलमा काठमाडौंका सीडीओ जनकराज दाहाल भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ भट्टसहित सुरक्षा निकायका प्रमुख र उद्योगीको सहभागीता रहेको थियो।

वि.सं.२०७७ साउन २३ शुक्रवार १५:५० मा प्रकाशित

You can share this post!

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...