काठमाडौं। काठमाडौं उपत्यकामा रहेका यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा १५ भदौसम्म स्थगित गर्न बागमती प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।
उपत्यकामा रहेका यातायात व्यवस्था कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको आज बसेको बैठकले सेवा स्थगनका लागि प्रदेश सरकारसँग अुनरोध गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवाग्राहीको उपस्थिति हुने सबै काम १५ भदौसम्म बन्द गर्नका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङका लेखाअधिकृत रोशनराज बस्नेतले बताए ।
उनका अनुसार सेवाग्राहीको भिडभाड धेरै हुन थालेपछि लाइसेन्स र ब्लुबुक नविकरण तथा कर संकलनको काम १५ भदौसम्म स्थगित गर्न प्रदेश सरकारलाई लेखिपठाउने निर्णय भएको हो।
वि.सं.२०७७ साउन २९ बिहीवार १३:०३ मा प्रकाशित