back
NMB ad

कोरोनाविरुद्ध शिक्षकहरुलाई देशभर नै यसरी परिचालन गर्दैछ सरकार

Kumari bank ad

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो ।

स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।

शिक्षकहरुलाई स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन, सचेतना जगाउन, अनुगमन गराउन परिचालन गरिने उनले बताए । गाउँ टोलमा स्थानीय शिक्षकहरुलाई सवैले मान्ने, उनीहरु पनि आफै जान्ने र बुझ्ने भएकाले उनीहरुको भूमिका प्रभावकारी हुने डा. कार्कीको विश्वास छ ।

विषेश गरेर कोरोनाभाइरसबाट संक्रमित व्यक्ति र परिवारलाई समाजमा गरिने भेदभाव र घृणा नियन्त्रणका लागि पनि शिक्षकहरुले उनीहरुलाई सम्झाउने, बुझाउने गर्न आवश्यक रहेको उनले बताए ।

उनले भने, “शिक्षकहरुलाई मुख्य गरेर चेतानाअभिबृद्धिकै लागि आग्रह गरिने भएको हो । उनीहरुले टोलटोलमा सन्देश पुर्याइ सकेका र कोरोना नियन्त्रणका लागि प्रभावकारी योगदान पुग्नसक्छ भन्ने हाम्रो विश्वास छ ।”

उनले शिक्षकहरु परिचालित हुँदा स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउने र आवश्यक सुरक्षा सामग्रीहरु पनि प्रदशान गरिने जानकारी दिए । कोरोना विरुद्ध शिक्षकहरु परिचालन गर्ने कार्यलाई देशभरी अभियानका रुपमा चलाउन लागिएको सल्लाहकार डा. कार्कीले बताए ।-रेडियो एनआरएनर

वि.सं.२०७७ भदौ ५ शुक्रवार २१:०४ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...