back
NMB ad

मुस्लिम युवा समाजको रक्तदान कार्यक्रममा ६७ जनाद्वारा रक्तदान

Kumari bank ad

मकवानपुर । मुस्लिम युवा समाज मकवानपुरद्धारा आयोजित रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । शुक्रबार बिहान रक्तसञ्चार केन्द्र, हेटौंडा शाखामै आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ६७ जनाले रक्तदान गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बल्ड ब्याग हस्तानतरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख खुलालले कोरोना भाइरस संक्रमणको कारण अहिले रक्तदान अभाव भइरहेको अवस्थालाई ध्यान दिदै रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।

बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदातालाई रगत दान गर्न उहाँले आव्हान समेत गर्नुभएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौंडामै सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कोरोनाका कारण रगत संकलन हुन नसक्दा अहिले देशै भरी रगतको अभाव छ । मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको मुस्लिम युवा समाजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिनुभयो ।

मोहमद सफिक मियाकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष धरम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइइटी मकवानपुरका कोषध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजी प्रसाद खतिवडालगायतको सहभागिता थियो ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १४:१८ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...