काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको सम्वन्धी सूचना जारी गरेको छ । सूचना अनुसार बैंकले बागमती अंचलका ५ जिल्ला बाहेक सबै शाखाबाट खाता खोलेका ग्राहकको खाता नम्बर परिवर्तन गरेको हो ।
यसअघि १२ वटा अंक भएको खातानम्बर रहेकोमा अब नम्बर परिवर्तन गरी १६ अंकको कायम गरिएको बैंकले जनाएको छ ।आफ्नो खाता नम्बर परिवर्तन भइसकेपछिको नयाँ नम्बर मोबाइल बैंकिङ तथा इण्टरनेट बैंकिङबाट वा कार्यालयमा फोन गरेर समेत जानकारी लिन सकिने बैंकले जनाएको छ ।
त्यसका लागि सम्बन्धित शाखा वा केन्द्रीय कार्यालयको फोन नम्बर ०१–४२६८४१० तथा ०१–५९७००१८ मा सम्पर्क गरेर जानकारी लिन सकिने छ ।मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकलाई भने एमएमएसबाट नयाँ खाता नम्बरबारे जानकारी पठाइएको बैंकले जनाएको छ ।
रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका शाखाहरुबाट खाता खोलेका ग्राहकको भने खाता नम्बर परिवर्तन भएको छैन ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:५३ मा प्रकाशित