back
NMB ad

२० हजार कर्मचारी अभाव

Kumari bank ad

काठमडौं । लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउने भएको छ। यद्यपि मन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ ।

आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्छ। मन्त्रालयले पठाएको पदको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ ।

संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउने कि नपठाने भन्नेबारे निर्णय नभएको बताए। तर मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने बताए। ‘परिस्थिति सहज नभएसम्म आयोगमा विवरण पठाउने सम्भावना कम छ,’ अधिकारीले भने, ‘तापनि हामी तयारी अवस्थामा बसेका छौं।’

मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले अत्यवाश्यकीय कामबाहेक अन्य अवस्थामा संगठन तथा व्यवस्थापन ओएनएम नगर्न निर्णय गरेको छ । आयोगले यस वर्ष विज्ञापन नखुलाउने हो भने ठूलो संख्यामा कर्मचारीको अभाव हुनेछ।

मन्त्रालयका एक सहसचिवका अनुसार यस वर्ष कम्तीमा २० हजारको संख्यामा कर्मचारी अभाव हुनेछ। नागरिक दैनिकमा खबर छ ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:३८ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...